हावाहुरीले त्रिशूली नदीमा निर्माणाधिन पक्की पुलमा क्षति

वैशाख ५, २०७८ | धादिङ

शनिबार साँझ चलेको हुरी बतासले त्रिशूली नदीमा निर्माणाधिन २ वटा मोटरेवल पुलमा क्षति पुर्‍याएको छ । हुरी बतासका कारण पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मासटारबाट गल्छी–२ धैरेनी जोडने निर्माणाधिन मोटरेवल पुलको फलामे संरचना नदीमा खसेको हो । 

आधा ढलान र आधा फलामे संरचनाको सो पक्की पुलको मासटार तर्फको ५० मिटर फलामे जडान नदीमा खसेको हो । निर्माणका क्रममा जगमा राखेको कच्ची माटो भास्सिएपछि सो पुल नदीमा खसेको गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताउनुभयो । 

हुरी बतासका कारण चितवनको फिस्लिङ्गबाट गोरखा जोडने निर्माणाधिन पक्की पुलको फलामे संरचना पनि भासिएको हो । हिजो साँझको हुरी बतासले राजमार्गका विभिन्न बिजुलीका पोलहरु ढलेपछि विद्युत आपूर्ति समेत बन्द भएको छ ।


प्रतिक्रिया