झापाको कोइला कारखानामा भीषण आगलागी

वैशाख २०, २०७८ | काँकडभिट्टा

 झापाको मेचीनगर नगरपालिका–१५ मिलकोटी क्षेत्रस्थित वायु ग्यास कोइला कारखानामा भीषण आगलागी भएको छ । आगलागीबाट एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

झापाका प्रहरी प्रवक्ता राकेश थापाले प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट भएर आलगाली भएको बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, मेचीनगर नगरपालिका, बिर्तामोड र मोरङको उर्लाबारीबाट आएको दमकलको सहयोगमा आगो निभाइएको हो । 

बिहान ३ बजेदेखि लागेको आगो करीब ३ घण्टापछि निभाईको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट कारखानामा पूर्ण रुपमा क्षति पुगेको छ ।


प्रतिक्रिया