कोरोना संक्रमणबाट बालगुङमा एक महिलाको मृत्यु

वैशाख २१, २०७८ | बागलुङ
कोरोना भाइरसको संक्रमणबाट बागलुङमा एक महिलाको मृत्यु भएको छ । ताराखोला गाउँपालिकाकी ३० वर्षीया महिलाको धौलागिरि अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।
श्वासप्रश्वासको समस्या भएपछि आइसीयूमा उपचाररत उनको गएराति मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताउनुभयो ।
बैशाख १९ गते कोरोना पोजेटिभ देखिएपछि उनी अस्पताल भर्ना भएकी थिईन ।