गस्तीमा निस्किएका असईको चट्याङ लागेर मृत्यु

वैशाख २१, २०७८ | काँकडभिट्टा

चट्याङ लागेर झापामा एक जना प्रहरी अधिकारीको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका–३ स्थित किचकबध प्रहरी चौकीका इन्चार्ज ४७ वर्षीय प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको मृत्यु चट्याङ लागेर मृत्यु भएको हो । 

मोरङको रतुवामाई नगपालिका निवासी ठाकुर एक महिना अघि किचकबध प्रहरी चौकीको इन्चार्ज बनेर गएका थिए । सोमबार राति झापामा मेघ गर्जनसहित भारी वर्षा भएको थियो । सोही समयमा राति करीब १० बजेतिर साइकलमा गस्ती गर्दै गर्दा ठाकुरलाई चट्याङ लागेको थियो । 

घटनापछि उनलाई उपचारार्थ भद्रपुरको पाथीभरा अस्पताल पुर्‍याइएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

गस्तीमासँगै रहेको एक प्रहरी हवल्दार भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो । पोष्टमार्टमपछि ठाकुरको शव अन्त्येष्टिका लागि परिवारलाई हस्तान्तरण गरिने प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । 


प्रतिक्रिया