होम आइसोलेशनमा बसेकी एक महिलाको मृत्यु

वैशाख २२, २०७८ | काँकडभिट्टा

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका झापाकी एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मेचीनगर नगरपालिका–६ बर्मेली निवासी ५६ वर्षीयाको महिलाको आज बिहान मृत्यु भएको हो । 

ती महिलालाई चार दिन अघि कोरोना पोजेटिभ देखिएको थियो । उनी कलेजोको क्यान्सर रोगबाट पीडित थिइन् । उनको उपचारका लागि बीएण्डसी अस्पताल लगिएकोमा पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । 

कोरोना संक्रमण देखिएपछि उनी गत शुक्रबारदेखि होम आइसोलेशनमा बस्दै आएकी थिईन् । 


प्रतिक्रिया