दुर्घटनामा ४ जनाको मृत्यु

जेष्ठ ५, २०७८

पुर्वपश्चिम राजमार्ग अन्र्तगत पश्चिमनवलरासीको दाउन्नेमा सवारी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएकी रुकुम पश्चिम त्रिवेणी गाउंपालिकाकी २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ । अन्य तीनजनाको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा ४२ जना घाईते भएका छन् । काठमाण्डौबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्ने भिरबाट करिब १ सय ५० मिटर तल खस्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले बताउनुभयो । घाईते मध्ये ३५ जनाको चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको छ भने ७ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । 


प्रतिक्रिया