इटहरीको एक वस्ती शिल

जेष्ठ ५, २०७८

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीनजनाको मृत्यु भएको छ । प्रतिष्ठानको सहप्रवक्ता डा चुडामणी पोखरेलका अनुसार उदयपुरको बेलकानगरपालिका ३ बस्ने ५५ बर्षीय पुरुष र मोरङको सुन्दरहरैचा १० बस्ने ७२ बर्षीय पुरुष, मोरङकै बेलबारी नगरपालिका ९ बस्ने ५६ बर्षीया महिलाको मृत्यु भएको हो । मृतक तीनै जना उच्च रक्तचापका दीर्घरोगी थिए । 

यसैबीच इटहरी उपमहानगरपालिका ३ सुनौलो बस्ती शील गरिएको छ । बस्तीमा रहेको सात घरका २५ जना नै विरामी भएका छन् । ज्वरो, खोकी, पखालाको लक्षण देखिएपछि बुधबार स्वास्थ्यकर्मीको टोली गाउँमै गएर एण्टिजेन विधिबाट ९ जनाको स्वास्थ्य परीक्षण गर्दा ७ जनामा कोरोना पोजेटिभ पुष्टी भएको छ । इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमका अनुसार वस्ती शिल गरेर संक्रमितहरुको उपचार, क्वारेन्टीन र आइशोलेसनका लागि पहल भइरहेको छ ।  


प्रतिक्रिया