तिलोत्तमामा नयाँ कोरोना अस्थायी अस्पताल निर्माण

जेष्ठ ५, २०७८ | तिलोत्तमा

कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा तिलोत्तमा नगरपालिकाले वडा ९ केवलानी स्थित नगरपालिकाको सभाहलमा कोभिड अस्थायी अस्पताल निर्माण गरेको छ । सो अस्पतालको नगर प्रमुख बासुदेव घिमिरेले कोरोना फोकल पर्सन केशव भट्ठराईलाई चाबी हस्तान्तरण गर्नु भएको हो । 

शंकरनगरमा रहेको आइसोलेसन सेन्टरले बिरामीको चाप थेग्न नसक्ने देखिएपछि पुन: नयाँ अस्पताल निर्माण गरिएको नगर प्रमुखबासुदेव घिमिरेले बताउनुभयो । तत्काल ४० बेड रहेपनि अस्पतालमा बेड संख्या सय पुर्‍याउन सकिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

अस्पतालमा सेन्टर फ्लो अक्सिजन सिष्टमबाट बिरामीलाई आवश्यकता अनुसार अक्सिजन उपलब्ध गराइने कोरोना फोकल पर्सन केशव भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यो सिष्टमबाट बिरामीलाई अक्सिजन दिंदा अक्सिजन किफायती हुन्छ । नगर प्रमुख घिमिरेले कोरोना महामारीसंग जुध्न नगरपालिकाले उपलब्ध सबै साधन स्रोतको उच्चतम प्रयोग गर्ने बताउनुभयो । 


प्रतिक्रिया