कोरोना संक्रमणबाट बुटवलमा थप २ जनाको मृत्यु

फाइल तस्बिर 

जेष्ठ ९, २०७८ | बुटवल

कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप २ जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार गुल्मीको मालिका गाउँपालिका–६ का ४८ वर्षीय पुरुषको आइतबार बिहान २ बजे मृत्यु भएको छ । 

उनी जेठ ५ गते अस्पतालमा भर्ना भइ कोरोना विशेष अस्पताल धागो कारखानामा उपचाररत थिए । यस्तै, गुल्मीको रेसुंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको छ । 

उपचारका लागि अस्पतालमा ल्याउना साथ शनिबार साँझ साढे ७ बजे उनको मृत्यु भएको हो । उनमा जेठ ७ मा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक दुबैमा श्वासप्रश्वासको समस्या रहेको थियो ।


प्रतिक्रिया