प्रहरी चौकी आक्रमण गर्ने २ जनाले गरे आत्मसमर्पण

जेष्ठ २५, २०७८ | सुनसरी

सुनसरीको धरान उपमहानगर १५ बाँझगरास्थित रात्रीबस स्टेशनमा रहेको प्रहरी चौकी आक्रमणमा संलग्न २ जनाले आज धनकुटा जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । 

जेठ १३ गते साँझ चौकी आक्रमण गरी प्रहरीलाई घाइते बनाएर फरार भएको ११ दिनपछि धरान–१५ का ३२ वर्षीय रेगन राई र धरान–४ का ३० वर्षीय वसन्त राईले धनकुटाका जनप्रतिनिधि मार्फत आत्मसमर्पण गरेका हुन् । उनीहरुलाई आजै धरान ल्याईएको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नरेन्द्र कार्कीले जानकारी दिनुभयो । 

सो घटनामा संलग्न धरानकै कालु लिम्बु, विक्रम राई र सिजन राई तीनजनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । पाँचजना अझै फरार रहेका छन् । ज्यानको सुरक्षाको माग गर्दै दुइजना युवा चौकीमा पुगेलगतै मोटरसाइकल र स्कुटीमा रहेका १० जनाले चौकीमा आक्रमण गरेका थिए । पक्राउ परेका र फरार सबैविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्धा दर्ता गरिसकेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । 


प्रतिक्रिया