पूर्व सांसद कृष्णसिंह परियारको निधन

असार ४, २०७८ | नेपालगन्ज

पूर्व सांसद् कृष्णसिंह परियारको ६८ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । मधुमेह, उच्च रक्तचापको समस्याले ग्रसित नेता परियारको शुक्रबार विहान ७ बजे नेपालगन्ज–१२ कोरियनपुरस्थित आफनै निवासमा निधन भएको हो ।

नेपाली कांग्रेसका नेता परियार वि.सं. २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित हुन भएको थियो । त्यसपछि उनी राज्य ब्यवस्था समितिको सभापति समेत हुनु भएको थियो । उहाँ पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निकट रहेर प्रजातान्त्रिक आन्दोलनमा होमीनु भएको थियो । २ श्रीमती, ३ छोरी र ४ छोरा मध्ये जेठी श्रीमतीको गतवर्ष कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उहाँ कान्छी श्रीमतीसंग बस्दै आउनु भएको थियो । बिपीको प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध नेता परियार पंचायती ब्यवस्थाको बिरुद्धमा संघर्ष गर्दा जेल समेत पर्नु भएको थियो । 


प्रतिक्रिया