पहिरोले ग्रामीण सडक अवरुद्ध

असार ४, २०७८

पाँच दिनदेखिको अविरल वर्षाले कालीकोटका सबैजसो ग्रामीण सडक अवरुद्ध भएका छन् । खाडाचक्र ६ मोल्फा नजिकै गएको पहिरोबाट स्थानीय बल विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेत जुम्ला सडक बेला बेलामा अवरुद्ध भए पनि सडक डिभिजन कार्यालय जुम्ला र खाडाचक्र नगरपालिकाले पहिरो हटाउँदै सुचारु गरिरहेको छ । 

स्थानीय तहले खनेका सडक अवरुद्ध छन् । पहिरोले कर्णाली करिडोर जिते लैफू सडक पनि अवरुद्ध छ । करिडोरको रेंगिल, सान्नीगाड, फूगाडलगायतका ठाउमा पहिरो र खोलाले सडक बन्द छ । प्रजिअ कृष्णप्रसाद आचार्यले पहिरोले मानवीय क्षति ठूलो नभए पनि पहिरो जाने भूगोल भएकाले घर खेत बग्नसक्ने अवस्था रहेको उल्लेख गर्नुभयो । 

स्थानीय तहले खनेका सबैजसो ग्रामीण सडक पानीले गलाएपछि पहिरो झरेको छ । पहिरो नझेरेको ठाउँमा पनि हिलाम्मे भएकाले गाडी गुड्न सक्ने अवस्था छैन । डोजरबाट खनिएको खाडाचक्रको ताडी वसपार्क तिलाकर्णाली बहुमुखी क्याम्पस जोड्ने सडकको ताडीमा पहिरो खस्दा सडक अवरुद्ध छ । 


प्रतिक्रिया