धरानको बजेट २ अर्ब ३ करोड ६४ लाख रुपैयाँ

असार १०, २०७८ | सुनसरीं

धरान उपमहानगरको नवौ नगरसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ को अनुमानित बजेट कुल बजेट २ अर्ब ३ करोड ६४ लाख रुपैया प्रस्तुत गरेको छ । यो बजेट चालु आर्थिक वर्षभन्दा ३१ करोड २८ लाख ५६ हजार ५ सय रुपैयाले बढी हो । चालु आर्थिक वर्षमा नगरले एक अर्ब ७२ करोड ३५ लाख ४३ हजार ५ सय रुपैयाा विनियोजन गरेको थियो । उपमहानगरले कोरोना महामारीजस्ता महामारी नियन्त्रणका लागि ७ करोड रुपैयाा बजेट विनियोजन गरेको छ । नगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले नगरसभामा प्रस्तुत गरेको अनुमानित बजेटअनुसार शिक्षा, युवा तथा खेलकुदमा प्राथमिकताका साथ ३८ करोड २८ लाख रुपैया बजेट विनियोजन गरिएको छ । यो कुल बजेटको १८ दशमलव ७९ प्रतिशत हो । 

सहरी योजना तथा भौतिक पूर्वाधारमा १८ करोड २१ लाख रुपैयाा बजेट विनियोजन गरिएको छ । स्वास्थ्यमा भने ४ करोड ७५ लाख रुपैयाँ रहेको छ । नवौ नगरसभाले धरानका २० वटा वडामा वडागततर्फ पुाजीगत र प्रशासनिक गरी २८ करोड रुपैयाा विनियोजन गरेको छ । व्ययतर्फ सामाजिक विकासमा १ करोड, आर्थिक विकासमा ९० लाख, वन वातावरण तथा विपद् व्यवस्थापनमा ५० लाख, पर्यटनमा ३५ लाख, सूचना तथा सञ्चारमा ३० लाख, साहित्य कला र संस्कृतितर्फ २५ लाख, व्यवस्थित बसोबास तथा सुकुम्बासी व्यवस्थापनमा ५० लाख, मजदुर कल्याड कार्यक्रममा ५ लाख, कानून तथा न्याय सम्पादनमा २० लाख, सार्वजनिक जग्गा र जलाधार संरक्षणमा ७५ लाख, विमानस्थल जग्गा व्यवस्थापनमा ५० लाख रुपैयाा बजेट विनियोजन गरेको छ । 

नगरको आन्तरिक आयतर्फ २७ करोड १० लाख रुपैया अनुमान गरिएको छ । सङ्घीय समानीकरण अनुदान ३३ करोड ९२ लाख, प्रदेश समानीकरण अनुदान २ करोड १ लाख ४७ हजार, सङ्घीय राजस्व बाडफााड १७ करोड ३ लाख ८६ हजार रुपैया प्रस्तुत गरिएको छ । प्रदेश राजस्व बाडफााडमा १७ करोड ५१ लख ९५ हजार ७५० रुपैया, सङ्घीय शसर्त अनुदान ४६ करोड ४० लाखको अनुमान गरिएको छ ।सङ्घीय समपुरक अनुदानमा ३ करोड ४६ लाख, सङ्घीय विशेष अनुदानमा २ करोड ९९ लाख रुपैयाा अनुमान गरिएको छ । यसैगरी प्रदेश सरकार शसर्ततर्फ २ करोड, धरान खानेपानी व्यवस्थापन बोर्डबाट १० करोड अनुमान गरिएको छ । 


प्रतिक्रिया