रुपन्देहीमा निषेधाज्ञा एक साता थप

असार १४, २०७८ | तिलोत्तमा

रुपन्देहीमा जारी निषेद्याज्ञा एक साता थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को सोमबार बसेको बैठकले निषेधाज्ञा केही खुकुलो पार्दै असार २१ गतेसम्मका लागि लम्ब्याएको हो । 

डीसीसीएमसीको आजको बैठकले जिल्लामा जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक सवारी चलाउन दिने निर्णय पनि गरेको छ । निजी सवारी सञ्चालन गर्न दिइरहेको अवस्थामा जोर–बिजोर प्रणालीमा सार्वजनिक यातायातलाई सञ्चालन गर्न दिने निर्णय भएको केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । 

बैठकले सवारी भाडामा ५० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । थपिएको निषेधाज्ञामा पसल तथा व्यवसाय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने गरी २ घण्टा समय बढाईएको उहाँले बताउनुभयो । यसअघि गरिएको निषेधाज्ञाको समय सोमबार रातिदेखि सकिंदै थियो ।


प्रतिक्रिया