नागढुङ्गा –सिस्नेलोला सुरुङमार्गका कारण १२ घर बस्ती पहिरोको जोखिममा

असार २२, २०७८

धादिङको धुनिबेशी नगरपालिका ९ खत्रीपौवा–सिस्नेखोलाका १२ घर पहिरोको चपेटामा परेका छन् । नागढुङ्गा – सिस्नेलोला सुरुङमार्गले सडक फराकिलो पार्ने क्रममा उपकरणहरुको प्रयोग गर्दा वर्षाको कारण गाउँ नै जोखिममा परेको हो । त्रिभुवन राजपथको नौविसे–नागढुङगा सडक खण्डको खत्रीपौवाका करिव १२ घर जोखिममा परेको स्थानीय अगुवा राजिव लामाले बताउनुभयो । 

सुरुङमार्गले सडक विस्तार गर्ने बेलामा स्थानीयसंग समन्वय नगरी कटिङको काम गर्दा समस्या आएको धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताउनु भयो । केन्द्रिय सरकारको मातहतमा सञ्चालन हुने आयोजनाले नागरिकलाई द:ुख दिएको र कुनै पनि कार्यक्रममा नगरपालिकासंग समन्वय नगरेको मेयर आचार्यको आरोप छ । 

धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल सहितको टोलीले हिजो मात्र सो स्थानको स्थलगत निरिक्षण गरेको थियो । पहिरोको जोखिममा परेकालाई सुरक्षित स्थानमा सार्ने र यो वस्तीको घर जग्गको लागि मुआव्जा माग गरिने नगर प्रमुख आचार्यले बताउनुभयो ।  


प्रतिक्रिया