दार्चुलामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु (अपडेट)

असार २४, २०७८ | दार्चुला

दार्चुलाको नौगाड गाउँपालिका–३ जामिरमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 

प्रहरीका अनुसार पहिरोमा पुरिएर नौगाड गाउँपालिका–३ जामिरका ७२ वर्षीय देउरी ठगुन्ना, उनकी ३ महिनाकी नातिनी मञ्जुरी ठगुन्ना र स्थानीय २९ वर्षीय लक्ष्मण सितोलीको मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दका अनुसार खारको गुन्ढाडु खोला, खारखोलाले पारिखार, सितोली बगड, ओखलधार र गुन्ढारु खोलामा आएको बाढीले जामिरको लघुजलविद्युत, पुल लगायत संरचनामा क्षति पुर्‍याएको छ । 

प्रहरीका अनुसार जामिरका स्थानीय नन्दु ठगुन्ना र गोठे टमटाको घरमा क्षति पुर्‍याएको छ । बाढी तथा पहिराले एक जलविद्युत आयोजना, खानेपानी मुहान र घट्टहरु बगाएको प्रहरीले जनाएको छ । बिहीबार बिहानैबाट स्थानीय बासिन्दासंगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् । 

सम्बन्धित समाचार :

नौगाडमा पहिरोमा पुरिएर २ को मृत्यु, एक जना बेपत्ता 


प्रतिक्रिया