प्लाइबोर्डको गोदाममा आगलागी हुँदा ५ करोड बढीको क्षती

असार २७, २०७८ | रुपन्देही

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ सुन्दर ग्लास हाउसमा भएको आगलागीका कारण ५ करोड बढीको क्षति भएको छ । नारायण पथमा रहेको ग्लास हाउसमा लागेको आगो बिहान नियन्त्रणमा आएको थियो ।

आगलागीबाट दुई तले घर ध्वस्त भएको छ । प्लाइबोर्डको ठूलो गोदाम रहेको घरमा विद्युत सर्किट सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ । 

आगलागीमा घरमा रहेको नगद, मोटरसाइल, लगाएत सबै सामाग्री नष्ट भएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया