गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

श्रावण १३, २०७८ | गुल्मी

गुल्मीको मुसिकोट नगरपालिका–४ दोभानमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको गुल्मी प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी गुल्मी चन्द्रकोट गाउँपालिका–४ अन्दाजी ४५ वर्षीय तेजेन्द्र थापा, वडा नम्बर–५ का काजी भन्ने रेशम कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताउनुभयो । कार्कीको उमेर खुलेको छैन । 

मृतक एक महिलाको सनाखत हुन बाँकी छ । सबैको गुल्मी अस्पतालमा उपचार भईरहेको छ । जिप चालक पनि घाइते छन् । शान्तिपुरबाट सदरमुकाम तम्घासतर्फ जाँदै गरेको लु १ ज ४५५९ नम्बरको जिप बुधबार दिउँसो दोभान भन्ने ठाउँमा दुर्घटना भएको हो । 


प्रतिक्रिया