एमालेका ४ सांसद पदमुक्त भएपछि कर्णाली सरकार बहुमतमा

श्रावण १८, २०७८ | काठमाडौं

कर्णाली प्रदेशका चार जना नेकपा एमालेका सांसद पदमुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि सांसदमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा र कुर्मराज शाही र नन्दसिंह बुढा पदमुक्त भएका हुन् । 

 प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले केपी शर्मा ओलीले दिएको भ्याकेट निवेदनमा सुनुवाइ गर्दै यसअघिको अन्तरिममा आदेश खारेज गरेको हो ।

 यसअघि सर्वोच्च अदालतले माओबादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई एमालेको ह्वीप उल्लंघन गरेर विश्वासको मत दिने चार सांसदलाई दसौं महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नसक्ने भन्ने अन्तरिम आदेश जारी गरेको थियो । 

नेकपा (एमाले) का ४ सांसद पदमुक्त भएसँगै कर्णालीमा माओवादी–कांग्रेसबीचको सत्ता समीकरण थप बलियो भएको छ । अब महेन्द्रबहादुर शाहीले नेतृत्व गरेको गठबन्धन सरकार स्पष्ट बहुमतमा पुगेको छ ।


प्रतिक्रिया