कालिगण्डकी नदी दोहन गर्ने २० जना व्यवसायी नियन्त्रणमा

श्रावण २९, २०७८ | पर्वत
अवैध रुपमा कालिगण्डकी नदी दोहन गर्ने २० जना व्यवसायीलाई पर्वतको जलजला गाउँपालिकाले नियन्त्रणमा लिएको छ । १९ हजार ३ सय ५५ घनफिट नदी क्षेत्रफलबाट ती व्यवसायीले ढुङ्गा, गिट्टी र वालुवा निकासी गरेको गाउँपालिकाका सुचना अधिकारी लिलाधर सुवेदीले बताउनुभयो ।
यसैवीच, ७६ लाख ७४ हजार रुपयाँ बराबरको नदीजन्य सामाग्रीलाई जफत गर्दै गाउँपालिकाले लिलाम बिक्रि गर्ने भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशले कालिगण्डकी नदीबाट नदीजन्य वस्तु निकासा गर्न आगामी भदौ १५ गतेसम्म प्रयोगमा रोक लगाएको छ ।