सुनकोसी गाउँपालिकामा दुर्घटना हुँदा २ जनाको मृत्यु

भाद्र ९, २०७८ | काठमाडौं

सिन्धुपाल्चोकको ठोकर्पाबाट काठमाण्डौं आउँदै गरेको यात्रुवाहक बस सुनकोसी गाउँपालिका ३ मा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।

 गाडीले च्यापिएर दुईजनाको मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका छन् । घाइते १५ जना धुलिखेल अस्पताल र ९ जना सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले जानकारी दिनु भयो । गाडी सडकबाट करिब १५ मिटर तल खसेको थियो । 

शसस्त्र प्रहरी र जनपथ प्रहरीले उद्धार कार्य जारी राखेको छ ।


प्रतिक्रिया