लुम्बिनी प्रदेशमा मन्त्रालयको नाम हेरफेर र कार्यविभाजन

भाद्र १८, २०७८ | रुपन्देही

लुम्बिनी प्रदेश सरकारले मन्त्रालयका नाम हेरफेर र मन्त्रीको कार्यविभाजन गरेको छ । १० बाट १३ मन्त्रालय पुर्‍याएको सरकारले साउन २९ गते नियुक्त भएकै मन्त्रीहरुको कार्यविभाजन गरेको हो ।

 जसमा आर्थिक मामिला तथा सहकारी मन्त्रालयमा कृष्णध्वज खड्का, पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्रालयमा डिल्लीबहादुर चौधरी, भौतिक पूर्वाधार विकास मन्त्रालयमा सहसराम यादव र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अजय शाहीलाई जिम्मा दिइएको छ । 

७ सदस्यीय मन्त्री परिषदमा जसपाका मन्त्री सुमन शर्मा रायमाझी र पुर्मती ढेंगालाई अझै विना विभागीयमै राखिएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, कानून महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, वन वातावरण तथा भू–संरक्षण मन्त्रालय, शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय खाली छन् । गठबन्धन दलबीच भागवन्डा नमिल्दा यति लामो समयसम्म मन्त्रीमण्डलले पूर्णता पाउन नसकेको हो । 


प्रतिक्रिया