महाकालीमा फसेका ५ जनाको सेनाद्वारा उद्धार

कार्तिक २, २०७८ | कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा महाकाली नदीको बाढीमा फसेका ५ जनाको उद्धार गरिएको छ । महाकाली नदीमा आएको बाढीमा सोमबार रातिदेखि फसेका ५ जनाका मंगलबार साँझ उद्धार गरेर नेपाली सेनाको हेलिकप्टर फिर्ता भएको हो । 

‘सबैको सकुशल उद्धार गरेर हेलिकप्टर फर्किएको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले भन्नुभयो, ‘सबैको एक/एक गरेर उद्धार गरिएको हो ।’ 

कुखुरा खोर कुर्न गएका उनीहरु सोमबार रातिदेखि महाकालीमा बाढी बढेपछि त्यहीँ फसेका थिए । बाढी बढ्दै गएपछि उनीहरु ज्यान जोगाउन रुखमा चढेका थिए । रुखमै चढेको अवस्थामा उनीहरुको उद्धार गरिएको हो । 


प्रतिक्रिया