अदालतको विवादमा न विरोध न समर्थन : ओली

कार्तिक ९, २०७८ | काठमाडौं

एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विषयमा उठेको विवादमा आफ्नो पार्टी सर्मथन वा विरोध गर्ने पक्षमा नरहेको बताउनुभएको छ । स्वतन्त्र, निष्पक्ष र शक्तिपृथकीकरणको सिद्धान्त बमोजिमको न्यायालयको पक्षमा आफूहरु रहेको ओलीको भनाइ छ । 

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सर्वोच्च अदालतलाई जनताले विश्वास गर्ने विश्वसनीय संस्थाको रुपमा हेर्नुपर्ने बताउनुभयो । उहाँले अदालतको राजनीतिक दाउपेच, अशोभनीय गुटबन्दी र त्यहँभित्रका खिचातानीमा एमाले नपर्ने बताउनुभयो ।

सर्वोच्च अदालतमा संविधान विपरित शुरुमै सेटिङमा चलिरहेको भन्दै आफुहरुले खबरदारी गर्दै आएको ओलीको भनाई थियो । 


प्रतिक्रिया