काबुलमा फसेका ३२ नेपालीको उद्धार

कार्तिक १२, २०७८

गैर कानुनीढंगले अफगानिस्तान पुगेका र पछिल्लो तीनमहिनादेखि उद्धारको पर्खाईमा रहेका ३२ जना नेपालीहरुलाई नेपाल सरकारले काबुलबाट उद्धार गरेको छ । तालिवानले सैन्य बल प्रयोग गरेर अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएदेखि नै उनीहरुको उद्धारका लागि परराष्ट्र मन्त्रालय, दिल्लीस्थित नेपालीदूतावास र अन्य सरकारी एजेन्सीहरु सक्रिय थियो । अफगानिस्तानमा नेपालको कुनै एजेन्सी छैन । भारतस्थित दूतावासले नै अफगानिस्तान पनि हेर्दै आएको छ । पटकपटकको प्रयास असफल भएका थिए । उनीहरु दुईपटक काबुल विमानस्थल पुगेर फर्खाइका थिए ।

दिल्लीस्थितकार्यवाहक नेपाली राजदूत रामप्रसाद सुवेदीले महिनौदेखिको प्रयास सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो । चार्टर्ड गरिएको इरानको महान एयरबाट ३२ जनालाई शुक्रबार साँझ तेहरान पुगिसेका छन् । तेहरानबाट दुबई हुँदै उनीहरु शनिबार बिहान १० बजे काठमाडौं अवतरण हुने सुवेदीले जानकारी दिनुभयो । रोजगारीको खोजीमा विभिन्न माध्यमबाट अवैधानिक तरीकाले अफगानिस्तान पुगेका ३४ जना नेपाली दिल्लीस्थित दूतावासको सम्पर्कमा आएका थिए । त्यसमध्ये २ जनाको गतसाता उद्धार गरिएको थियो । 


प्रतिक्रिया