अदालतमा देखिएको गतिरोधका विषयमा गठबन्धनभित्र छलफल हुन्छ : अध्यक्ष दाहाल

कार्तिक २६, २०७८

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वाेच्च अदालतमा देखिएको गतिरोधका विषयमा गठबन्धनभित्र छलफल हुने बताउनुभएको छ । भोजपुर पुग्नुभएका अध्यक्ष दाहालले न्यायालय लामो समय अन्यौलग्रस्त हुनु दु:खको विषय भएको भन्दै केहिदिनभित्र गठबन्धनमा छलफल गरि साझा धारणा बनाउने जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले पछिल्लो समय मुलुकमा सङ्घीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र, परिवर्तन विरोधी, प्रतिगामी शक्तिको षड्यन्त्र भइरहेको दावी गर्नुभयो । उहाँले संविधान विरोधी शक्तिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका मार्फत वर्तमान राजनीतिक व्यवस्था उल्ट्याउन खोजेको आरोप समेत लगाउनुभयो । 


प्रतिक्रिया