लमजुङ कांग्रेसमा प्रदेश प्रतिनिधि १ र १३ सदस्य निर्विरोध

मंसिर ६, २०७८ | लमजुङ

कांग्रेस लमजुङको जिल्ला अधिवेशनमा प्रदेश अधिवेशन प्रतिनिधि अपांगतातर्फका १ जना निर्विरोध निर्वाचित भएका छन् । जिल्ला कार्य समितिका १३ सदस्य निविरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत १ मात्र प्रतिनिधि सभा रहेको लमजुङमा सोमबार जिल्ला अधिवेशन भइरहेको छ । निर्वाचनका लागि मनोनयन दर्ता गरेकामध्ये प्रदेश अधिवेशन प्रतिनिधि (अपांगता) तर्फ प्रदीपराज कडरिया निर्विरोध निर्वाचित भएका छन् । 

महिलातर्फ सदस्यमा सुन्दरबजार नगरपालिकाबाट श्यामका घिमिरे रेग्मी, मर्स्याङ्दी गाउँपालिकाबाट कुशकाशी गुरुङ, क्व्होलासोंथर गाउँपालिकाबाट सिर्जना गुरुङ, दूधपोखरी गाउँपालिकाबाट रश्मी गुरुङ र दोर्दी गाउँपालिकाबाट निशा लामा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, खुलातर्फ मर्स्याङ्दी गाउँपालिकाबाट हरिश्चन्द्र थापा, क्व्होलासोंथर गाउँपालिकाबाट बुद्धिप्रसाद गुरुङ र दोर्दी गाउँपालिकाबाट प्रेमबहादुर घिमिरे (कुलबहादुर घिमिरे) जिल्ला कार्य समितिको सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । 

यस्तै, खसआर्य महिला सदस्यमा मनु पन्त खत्री र सीता शाही निर्विरोध भएका छन् । आदिवासी जनजाति महिला सदस्यमा कृष्णकुमारी गुरुङ, चिजमाया गुरुङ (आशा) र तुलसी गुरुङ निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत थानेश्वर दवाडीले जानकारी दिनुभयो ।

सभापति, उपसभापति २, सचिव २, उपसचिव २ साथै अन्य सदस्य साथै महाधिवेशन प्रतिनिधिका लागि भने निर्वाचन हुनेछ । निर्वाचनमा संस्थापन अर्थात पार्टी सभापति शेरबहादुर देउवा पक्षका सभापतिका प्रत्यासी टकराज गुरुङले प्यानलसहित उम्मेदवारी दिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका सभापतिका प्रत्यासी गमप्रसाद गुरुङले पनि प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

टकराजको टिमबाट उपभापतिका लागि लोकनाथ घिमिरे र श्रीकान्त घिमिरेले उम्मेदवारी दिएका छन् । गमप्रसादको टीमबाट आनन्द घिमिरे र खड्गबहादुर गुरुङले उमेदवारी दिएका छन् । टकराजको टिमबाट सचिवमा नवीनचन्द्र घिमिरे र कृष्णबहादुर अधिकारीले उम्मेदवारी दिएका छन् । गमप्रसादको टिमबाट विमल श्रेष्ठ र राजकुमार पाण्डेले सचिव पदमा उमेदवारी दिएका छन् । 

उपसचिवमा टकराजको टिमबाट मदनसिंह घिमिरे र विश्व पौडेलले उम्मेदवारी दिनुभएको छ । गमप्रसाद समूहबाट सूर्यकला बराल (कोइराला) र नरबहादुर गुरुङले उम्मेदवारी दिएका छन् । 

सभापति सहित ७ पदको लागि १४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन प्रतिनिधितर्फ २८ जनाको लागि ६२ जनाले उम्मेदवारी दिएका छन् । जिल्ला कार्यसमिति सदस्य निर्विरोध बाहेक २१ जनाको लागि ४३ जनाले उम्मेदवारी दिएका छन् ।

महाधिवेशन प्रतिनिधितर्फ प्रत्यक्ष महिला ४ जनाको लागि ९ जनाले उम्मेदवारी दिएका छन् । १० जना खुलाको लागि २५ जनाले उम्मेदवारी दिएका छन् । 

खसआर्य महिला १ जनाको लागि २ जना, खसआर्य खुला २ जनाको लागि ४ जना, आदिवासी जनजाति महिला २ जनाको लागि ४ जना आदिवासी जनजाति खुला ३ जनाको लागि ६ जना, दलित महिला १ जनाको लागि २ जना, दलित खुला १ जनाको लागि २ जना, खसआर्य महिला १ जनाको लागि २ जना, खसआर्य खुला २ जनाको लागि ४ जना, अल्पसंख्यक वा अपांगता १ जनाको लागि २ जनाको उम्मेदवारी परेको छ ।

स्थानीय तह अन्तर्गत महिला १ जनातर्फ बेंसीसहर नगरपालिकामा २ जना, खुलातर्फ २ जनाको लागि ४ जना, सुन्दरबजार नगरपालिकामा खुलातर्फ २ जनाको लागि ४ जना, मध्यनेपाल नगरपालिकाकामा महिलातर्फ १ जनाको लागि २ जना, खुलातर्फ २ जनाको लागि ४ जना, राइनास नगरपालिकामा महिलातर्फ १ जनाको लागि २ जना, खुलातर्फ २ जनाको लागि ४ जना, दूधपोखरी खुलातर्फ १ जनाको लागि २ जनाको उम्मेदवारी परेको छ । 

सदस्यमा खसआर्य खुलातर्फ २ जनाको लागि ५ जना, आदिवासी जनजाति खुला ४ जनाको लागि ४ जना, दलित महिला १ जनाको लागि २ जना, दलित खुला १ जनाको लागि २ जना, अल्पसंख्यक वा अपांगता १ जनाको लागि १ जनाको उम्मेदवारी परेको छ । 


प्रतिक्रिया