गोठमा आगलागी हुँदा ३ बालकको मृत्यु

मंसिर ७, २०७८

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका– ७ सर्सिङ गाउँस्थित एक गोठमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । गएराति करिब ७ बजेतिर स्थानिय सन्च तामाङको ढुंगा माटोले बनेको एक तले गोठमा आगलागी हुँदा उनका छोरा ६ वर्षीय मनोज , सर्सिङकै ५ वर्षीय मनिस तामाङ, सोही उमेरका दिलबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी नायब उपरिक्षक दक्षबहादुर बस्नेतले जानकारी दिनुभयो । गोठमा बालबालिका छोडेर खेतीपातीमा गएको बेला घटना घटेको स्थानीयले बताएका छन् । घटना भएको डेढ घण्टामा स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएपनि बालकलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया