कर्णालीका २ सय ३७ किसानले लिए सहकारीबाट ब्याज अनुदान

मंसिर २४, २०७८

कर्णालीका २ सय ३७ जना किसानले सहकारीबाट व्याज अनुदान लिएका छन् । सरकारले गत वर्षदेखि सुरु गरेको कृषि ऋणमा व्याज अनुदानअन्तर्गत कर्णालीका २ सय ३७ किसानले अनुदान लिएको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीका अनुसार मन्त्रालयबाट ७ प्रतिशतका दरले हालसम्म ९४ लाख ३ हजार रुपैयाँ भुक्तानी भएको छ । अनुदानअन्तर्गत वैंक अथवा सहकारी संस्थाले हालसम्म ४८ करोड रकम परिचालन गरेको उहाँले जानकारी दिनुभयो । मन्त्रालयले कृषि विकास बैंकसँग गरेको सम्झौता अनुसार कर्णालीका व्यवसायिक किसानले दुई प्रतिशत व्याजमा एक करोडसम्म ऋण पाउने व्यवस्था गरिएको छ । कृषि विकास बैंकले ९ प्रतिशत ब्याजदरमा किसानलाई ऋण उपलब्ध गराउँदै आएको छ । 


प्रतिक्रिया