एमाले गोरखाको अध्यक्षमा गुरुङ सर्वसम्मत

पुस २५, २०७८ | गोरखा

नेकपा एमाले गोरखाको अध्यक्षमा प्रेम गुरुङ सर्वसम्मत निर्वाचित हुनु भएको छ शुक्रबारबाट सुरु भएको सातौँ अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा एकल उमेदवारी परेपछि सर्वसम्मत भएको हो । 

अध्यक्षमा गुरुङ, उपाध्यक्षमा कृष्ण बहादुर नेपाली र सचिवमा काजिराम रोकाको एकल उमेदवारी परेपछि निर्विरोध चएन भएका हुन् । गुरुङ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । 

तीन पदाधिकारी सहित ६० सदस्य सर्वसम्मत भएको छ । सर्वसम्मत हुन नसकेका पद निर्वाचनबाट टुङ्गाउन आइतबारबाट मतदान सुरु भएको छ । दुई उपसचिवका लागि ३ जनाको उमेदवारी परेको छ । 

उपसचिवमा विशाल थापा, सुरेशबाबु श्रेष्ठ र राजन गुरुङले उमेदवारी दिएका छन् । त्यस्तै, खुल्ला पुरुषतर्फ २० पदका लागि २७ जना र समावेशी उत्पीडित तर्फ ३ जनाको लागि ११ जना र जनजाति खुलातर्फ ५ पदका लागि दश जनाबीच चुनावी प्रतिस्पर्धा भएको छ । 

अधिवेशनबाट एक सय ५ सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने अधिवेशन अध्यक्ष मण्डलको अध्यक्ष तथा केन्द्रीय सदस्य सम्झना देवकोटाले बताउनुभयो । मतदानमा पाँच सय ९८ प्रतिनिधिले मतदान गर्ने छन् ।


प्रतिक्रिया