लुम्बिनीमा आइतबार सार्वजनिक विदा

पुस ३०, २०७८

लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्तीको अवसरमा आगामी आइतवार सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले स्थापनाको पहिलो वर्षदेखि थारु र मगर समुदायको पर्व माघे संक्रान्ति र माघीको उपलक्ष्यमा माघ १ र २ गते प्रदेशभर सार्वजनिक बिदा दिदै आएको छ ।

यस वर्ष पनि सो विदालाई निरन्तरता दिइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । 


प्रतिक्रिया