मेचीनगरको चाउचाउ उद्योगमा भीषण आगलागी

माघ २९, २०७८

झापाको मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा बिहान ५ बजेदेखि आगो लागेको प्रहरीले जनाएको छ । बिजुली सट भएर आगो लागेको प्रहरीको आशंका छ । आगलागी नियन्त्रणका लागि १ दर्जन दम्कल र सुरक्षाकर्मी प्रयासरत रहेको हाम्रा सहकर्मीले जनाएका छन् । भद्रपुर, बिर्तामोड लगायतका पालिकाका दमकलले आगो निभाउने प्रयास गर्दैछन् । क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया