अस्ट्रेलियामा नेपाली दूतावासको भवन बन्ने

फाल्गुन ९, २०७८

अस्ट्रेलियास्थित नेपाली दुतावासले केही महिनाभित्रै दुतावास भवन निर्माण शुरु हुने बताएको छ । कार्यवाहक राजदुत दु्रपदा सापकोटाले डिजाईन र नक्सा पास भइसकेकाले केही महिनाभित्रैमा निर्माण थालिने जानकारी दिनुभयो । अस्ट्रेलियाको राजधानी क्यानबेरामा तत्कालिन राजदुत लक्की शेर्पाको पालामा ६ हजार १ सय ९८ वर्गमिटर क्षेत्रफलको जग्गा खरिद गरिएको थियो । 

सन् २०१८ को मार्चमा खरिद गरिएको सो जग्गा करिब १० करोड नेपाली रुपैयाँमा लिइएको हो । अस्ट्रेलियामा कुटनीतिक निकायलाई दिइने क्षेत्रमा लिइएको सो जग्गामा स्थानीय नियम अनुसार जग्गा खरिद गरेको १८ महिनाभित्रमा निर्माण शुरु गरेर ३६ महिनाभित्रमा पुरा गर्नुपर्ने भएपनि नेपालले भने जग्गा खरिद गरेको ४६ महिना बितिसक्दा समेत निर्माण शुरु गरेको छैन । 


प्रतिक्रिया