रौतहटमा घुसको रकम सहित मेयर पक्राउ

फाल्गुन १५, २०७८

रौतहटको देबाही गोनाही नगरपालीकाका मेयर धर्मेन्द्र पटेललाई ५ लाख घुसको रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौको टोलीले पक्राउ गरेको छ । मेयर पटेल र तिन जना कर्मचारी सहितलाई आईतबार अपरान्ह घुसवापतको रकम चेक र नगद सहित पक्राउ गरेको हो ।

आयोगका डिएसपी पुष्पमल्ल ठकुरीको नेतृत्वमा खटिएको टोलिले दुई लाख पचास हजार नगद र उपभोक्ता समितिको नामको दुई लाख पचास हजारको चेक सहित नगरप्रमुख पटेलको कार्यकक्ष मै फेला पारेको थियो । ब्याग भित्र रहेको पैसा र चेक बारे आयोगले निकै समय लगाएर सोधपुछ गरेको थियो । नगरप्रमुख पटेल सहित लेखापाल प्रदिप यादब, योजनाका कर्मचारी मुकेश पटेल र नगरप्रमुखका स्वकिय सचिव अशोक पटेललाई पनि नियन्त्रणमा लिएर अनुसन्धानका लागी राती नै लगेको हो । 

 घुसको रकम प्रकरणमा सलग्न भन्दै आयोगलाई उनीहरु बिरुद्ध मुचुल्का उठाएर प्रक्रिया पुर्‍याउन झण्डै ४ घण्टा लागेको थियो । आयोगका केन्द्रिय प्रवक्ता एवम सहसचिव श्याम भण्डारीले देबाही गोनाही नगरपालीकाको कार्यालय भित्र आयोगका कर्मचारीले नगरप्रमुख पटेलको कार्यकक्षबाट नगद र चेकको रकम बरामद गरेको पुष्टि गर्नुभयो । नगरप्रुमख पटेल संघिय समाजबादी पार्टीका जिल्ला अध्यक्ष समेत हुनुहुन्छ ।

देबाही गोनाही १ करुनिया स्थित वडा कार्यालयको भवन निर्माणको काम सम्पन्न भएपछि अन्तिम भुक्तानी माग गर्दा नगरप्रमुख पटेलले उपभोक्ता समिति सित ५ लाख घुस मागेको वडाअध्यक्ष शेख नुरुल्लाहले बताउनुभयो । 


प्रतिक्रिया