मोस्ट वाण्टेड खरेल सार्वजनिक

चैत्र १८, २०७८

लामो समयदेखि प्रहरीको ‘मस्ट वाण्टेड’ सूचीमा रहेका हिमाल सुरक्षा परिषद् नामक संस्थाका मुख्य नाइके संजय भनिने ४३ बर्षीय खगेन्द्र खरेल पक्राउ परेका छन् । गत सोमबार राती इटहरी बम विस्फोट घट्नासंग जोडिएका खरेलसहित प्रहरीले २० बर्षीय रविन थापा, उनकी आमा आशा भनिने ३२ बर्षीया लक्ष्मीदेवी थापा ठकुरी, लम्जुङका २३ बर्षीय शेरजंग गुरुङलाई आज सार्वजनिक गरेको छ । 

खरेलको ठेगाना झापाको कन्काइ नगरपालिका–८ लक्ष्मीपुर रहेको बताइए पनि उनी पुर्वोत्तर भारतको आसामाका बासिन्दा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । इटहरी झापा, मोरङ लगायतका केही जिल्लामा अपराधिक र उछृङ्खल गतिविधि गर्दै आएका खरेलले कहिले ग्रेटर नेपाल, कहिले हिन्दुवादी र राजावादीको राजनितिक आवरणमा सशस्त्र विद्रोह गरेको घोषणा गरेका थिए । 


प्रतिक्रिया