कालीगण्डकी नदीमा निर्माणाधिन पुल भत्कियो

चैत्र २१, २०७८

कालीगण्डकी नदीमा निर्माणाधीन पुलको बिम भत्किंदा ८ जना कामदार घाइते भएका छन् । पाल्पाको रामपुर नगरपालिका–६, प्याक्लुक र स्याङ्जाको चापाकोट नगरपालिका–८, दामाचौर जोड्ने पुलको काम गर्ने क्रममा बिम खस्दा घाइते ८ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइते हुनेमा रौतहटका २४ वर्षीय प्रेमधन पटेल, बाराका २२ वर्षीय रामनिवास कुमार पटेल, हरिहरपुरका २८ वर्षीय जितेन्द्र पटेल, भारत बिहारका २५ वर्षीय धनन्जय ठाकुर छन् ।

यस्तै, २१ वर्षीय सुजित कुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षीय अनुप कुमार राव, गोरखाका २३ वर्षीय सृजन परियार घाइते भएको प्रहरीले जनाएको छ । बाराका रामनिवास र भारत बिहारका धनन्जयको पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले जानकारी दिनुभयो । पुलको काम गर्ने क्रममा आइतबार बेलुका क्रेनले बिम मिलाउने क्रममा सामान्य त्रुटि हुंदा दुर्घटना भएको डिभिजन प्रमुख लम्सालले बताउनुभयो । २०६८ सालमा ठेक्का भएको पुल निर्माण अझै पुरा हुन सकेको छैन । 


प्रतिक्रिया