कावासोती नगरपालिकाको मेयरमा कांग्रेसका २२ जनाको दावी

चैत्र २३, २०७८

पूर्वी नवलपरासीको ८ वटा पालिकामध्ये सबै भन्दा कमजोर संगठन रहेको कावासोती नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा २२ जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । कावासोती स्थित पार्टी कार्यालयमा आकांक्षीहरु भेला पार्दा आज २२ जनाले मेयरमा दावी गरेका हुन् । 

उपमेयरमा भने ४ जना महिलाले उम्मेदवारी दिने भन्दै नाम टिपाएका छन् । गत निर्वाचनमा पूर्वी नवलपरासीका ८ वटा पालिकामा कांग्रेसको सबैभन्दा कमजोर संगठन रहेको कावासोती नगरपालिका हो । यसअघिको निर्वाचनमा कावासोती नगरपालिकामा मेयर, उपमेयर सहित बहुमत एमालेले जितेको हो । 


प्रतिक्रिया