जीप दुर्घटनामा सात महिने बालक सहित ५ जनाको मृत्यु

वैशाख ४, २०७९

स्याङ्जाको वालिङ नगरपालिका–१२ डांडाखर्कस्थित भित्री सडक खण्डमा भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा सात महिनाका गौरव सारु, उनकी आमा २५ वर्षिया शर्मिला तथा ६५ वर्षीय वीरवहादुर दाला, ४५ वर्षीय हिरा दाला र ६१ वर्षीया कुलकुमारी कनौजेको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार जीप ११ सवारमध्ये अन्य ६ जना घाइते भएका छन् । मृतक र घाइते सवै जना डांडाखर्क गाउंका हुन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । आज विहान १० बजेतिर वालिङ बजारतर्फ आउ“दै गरेको ग १ ज ७३९९ नम्बरको जीप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो । 


प्रतिक्रिया