बर्दियामा कृष्णसार गणना शुरु

वैशाख ६, २०७९

मुलुककै दुर्लभ वन्यजन्तु कृष्णसारको गणना शुरु गरिएको छ । बैशाख १ देखि ७ गते सम्म २७ औं वन्यजन्तु सप्ताह मनाउने क्रममा पहिलो पटक कृष्णसार गणना शुरु गरेको हो । पछिल्लो पटक गणना अनुसार नेपालमा कृष्णसारको संख्या २ सय ३ रहेको छ । 

बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका—२ खैरापुर स्थित कृष्णसार संरक्षण क्षेत्रमा यो वन्यजन्तु फैलिएर रहेको छ । हाल भाले ४३, बच्चा ४१ र पोथी १ सय १९ वटा रहेको संरक्षण अधिकृत विनय झाले बताउनुभयो । विहानबाट २ जना रेन्जर सहित प्राविधिक टोली र गेमस्कट पनि गणनामा खटिएको उहाँले बताउनुभयो । 

गणना एक दिनमै सम्पन्न गर्ने लक्ष्य रहेकाले यसको नतिजा बुधवार सार्वजनिक गरिने भएको छ । वन्यजन्तु कृष्णसारको संख्या बढ्ने अनुमान गरिएको संरक्षणमा खटिएका प्राविधिकको अनुमान छ ।  


प्रतिक्रिया