भगवान भरोसा जानकी आँखा अस्पताल

वैशाख १०, २०७९

धनुषाको जनकपुरमा रहेको जानकी आँखा अस्पताल पछिल्लो समय अस्तव्यस्त बन्दै गएको छ । दैनिक ६ सय विरामीलाई उपचार दिदै आएको अस्पतालमा विशेषज्ञको अभावमा प्राविधिकहरुले नै उपचार गर्दै आएको हाम्रा सहकर्मी श्यामसुन्दर शशीले जनाएका छन् ।

सो अस्पतालमा नयाँ प्रविधि राखिएको छैन भने चार वर्षदेखि प्रमुख प्रशासक बिना नै अस्पताल चलिरहेको छ । सो अस्पतालमा आर्थिक हरहिसाव समेत पारदर्शी नभएको पाइएको छ । वार्षिक झण्डै डेढ लाख विरामीलाई आँखा सम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने सो अस्पतालमा पाँच जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि दुई जना मात्र चिकित्सक छन् । 


प्रतिक्रिया