पूर्व सांसदको आचार्यको निधन

वैशाख १०, २०७९ | कपिलवस्तु

काँग्रेस नेता तथा पुर सांसद विष्णुराज आचार्यको ७४ वर्षको उमेरमा निधन भएको छ । काठमाडौं स्थित बुढानिकण्ठमा रहेको निवासमा आज निधन भएको हो । २०४८ र ०५१ मा भएको प्रतिनिधि सभा सदस्य पदमा निर्वाचन क्षेत्र नं ३ बाट विजयी हुनु भएको थियो । ०५३ मा काँग्रेस सभापति गिरिजाप्रसाद कोईराला संसदीय दलको नेता हुँदा उहाँ सचिव हुनुहुनथ्यो । 

प्रतिबन्धित कालमा काँग्रेस जिल्ला कमिति सदस्य समेत रहनु भएको थियो । पछिल्लो पटक उहाँको खुटा भाँच्चिएर शल्यक्रिया गरेपछि थलिनु भएको थियो । शारिरीक रुपमा कमजोर र अशक्त हुँदै उहाँको निधन भएको काग्रेस जिल्ला सभापति अब्दुलकलाम खाँले बताउनुभयो । बृद्धभुमि नगरपालिका ९ स्थायी घर भएका आचार्यका ३ छोरी र एक श्रीमती छन् । 


प्रतिक्रिया