म्याग्दीमा प्रमुख/उपप्रमुखसमेत ३६ जना उम्मेदवारको मनोनयन फिर्ता

वैशाख १६, २०७९

निर्वाचन लड्ने रहरले मनोनयन दर्ता गरेका यहाँका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरु समेत ३६ जना उम्मेदवारले आफ्नो नाम फिर्ता गरेका छन् ।

उम्मेदवार फिर्ता गर्नेमा ३ जना नगर/गाउँपालिका प्रमुखका दावेदार, उपप्रमुखका ५ जना, वडाध्यक्षका ८ जना समेत ३६ जनाले उम्मेदवारी फिर्ता गरेका छन ।

बेनी नगरपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्र विच प्रमुख र उपप्रमुखमा गठवन्धन भएपछि माओवादी केन्द्रका धनलाल जैसीले नगरप्रमुखबाट र काँग्रेसकी अमृतदेवी बानियाँले उपमेयरमा गरेको मनोनयन फिर्ता गर्नु भएको छ । त्यसैगरी नेकपा एसबाट नगरप्रमुख र उपप्रमुखमा दावी गरेका कृष्णकुमार विश्वकर्मा र मुना बानियाँले पनि मनोनयन फिर्ता गरेका छन । नेकपा एसबाट ५ नम्बरका वडाध्यक्ष उम्मेदवार चन्द्र पाईजा, ६ का वडाध्यक्ष उम्मेदवार सवन्त बानियाँ, ९ नम्बर वडाका वडाध्यक्ष मुक्ति पाईजा समेत १४ जना सदस्यले उम्मेदवारी फिर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका धर्मराज सुवेदीले माओवादी केन्द्रका नगर प्रमुख र काँग्रेसका नगरउपप्रमुख पदका उम्मेदवार, नेकपा एसका नगरप्रमुख र उपप्रमुख समेत ३ वडाध्यक्ष समेत २० जना उम्मेदवारले नाम फिर्ता गर्नु भएको छ । काँग्रेस, माओवादी केन्द्र, राप्रपा र स्वतन्त्रसमेत २५ जनाको उम्मेदवारी फिर्ता भएको छ ।

मंगला गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एसबाट प्रमुख पदका उम्मेदवार रुद्र किसान, उपप्रमुख पदका उम्मेदवार कल्पना सापकोटा, ३ नम्बर वडाध्यक्ष मदन सापकोटा र दलित महिला सदस्य रीता सार्कीसमेत चार जनाले उम्मेदवारी फिर्ता गरेका छन् ।

त्यस्तै मंगला गापामा नेशनल मंगोल अर्गनाईजेसनबाट उपाध्यक्ष उम्मेदवार भएकी भुमि घर्ती र स्वतन्त्र उम्मेदवार टंक बुढाथोकीले पनि उम्मेदवारी फिर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बेनी नगरपालिका वडा नं २ का सदस्य पदमा राप्रपाबाट उम्मेदवार कर्ण खड्का, कृष्ण क्षेत्रीले र वडा नं ८ मा राप्रपाका सदस्य उम्मेदवार झलप्रसाद गौचनले पनि उम्मेदवार फिर्ता गरेका छन ।

त्यसैगरी रघुगंगा गाउँपालिका, ६ मा राप्रपाबाट वडाध्यक्ष उम्मेदवार राजन गौचन, टेकमन शेरचन, भक्तिलाल छन्त्याल, महिला सदस्य विष्णु पुन र एमालेकी दलित महिला उम्मेदवार शर्मिला परियारले उम्मेदवारी फिर्ता गरेका छन । रघुगंगा गापा, ३ मा राप्रपाबाट वडासदस्य उम्मेदवार खिमबहादुर शाहीले पनि उम्मेदवारी फिर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राप्रपा जिल्ला अध्यक्ष वीरबहादुर थापाका अनुसार रघुगंगामा एमालेलाई सर्मथन गर्ने गरी उम्मेदवार फिर्ता गरिएको हो । धवलागिरी गाउँपालिका, ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका अर्जुन थापाले पनि उम्मेदवारी फिर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया