मुस्ताङमा दुई दलित महिलाको उम्मेदवारी फिर्ता
वैशाख १६, २०७९
मुस्ताङको लोमन्थाङ स्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५ नम्बर वडामा काँग्रेस र एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेका उम्मेदवारले नाम फिर्ता गरेका छन् । अव लोमन्थाङका सवै वडामा दलित महिला उम्मेदवारी खाली भएको छ ।
स्वास्थ्यले पनि साथ नदिने भएकोले उम्मेदवारी फिर्ता गर्छौ भन्दै दुई जना दलित महिला पदका उम्मेदवारले नाम फिर्ता गरेको निर्वाचन अधिकृत घनश्याम सुवेदीले बताउनुभयो ।