दशरथ मन्दिरको जग्गामा अवैध भवन निर्माण

वैशाख १८, २०७९ | जनकपुर

ऐतिहासिक महत्वको दशरथ मन्दिरको जग्गामा व्यावासायिक भवन निर्माण भई रहदा पनि गुठी संस्थान मौन छ । स्थानीयवासका अनुसार – मन्दिरका महन्त जगन्नाथ दाससंगको मिलिमतोमा डा.जामुनप्रसाद सिंह र डा.रमण मिश्रले अ–आफ्ना नर्सिंग होम निर्माण गर्दैछन् ।

‘ दुई महिनाअघिदेखि निर्माण कार्य सुरु छ । हामीले सोध्दा महन्तजी ( जगन्नाथ दास )ले धर्मशाला बनाउँदै छौं भन्नु भयो तर पछि थाहा भयो , यो भवन त डा.रमण मिश्र र डा.जामुदप्रसाद सिंहको रहेछ । ’ जनकपुरधाम नगरपालिकाा ८ का लालबाबू साहले भने । साहका अनुसार –स्थानीयवासीले विरोध गरेपछि चार पाँच दिनदेखि निर्माणकार्य भने बन्द छ ।

धार्मिक तथा सांस्कृतिक महत्वको दशरथ तलावको पश्चिमी–उत्तरी डीलमा अवस्थित दशरथ मन्दिरको महन्त मठिहानीस्थित लक्ष्मीनारायण मठका मान महन्त जगन्नाथ दास वैष्णवनै छन् । मन्दिर वरिपरि मठको बिगहौं जग्गा छ । तीमध्ये अधिकांश जग्गा भाडा,लिज तथा अन्य नाममा बिक्री भई सकेको छ । अचेल मन्दिर परिसरमा मन्दिरसंगै टासिएरै दुई भवन निर्माण हुन थालेपछि स्थानीयवासीपनि आक्रोशित बन्न पुगेका छन् ।

महन्त दासले चार महिना अघि गुठी संस्थान जनकपुरमा निवेदन दिई मन्दिरको आय आर्जन गर्ने उद्येश्यले मन्दिरकै लगानीमा शटर निर्माण गर्ने अनुमति मांग गरेको देखिन्छ । गुठी संस्थान जनकपुरका प्रमुख बैकुण्ठप्रसाद रेग्मीका अनुसार – महन्त दासको निवेदन केन्द्रिय गुठीमा पठाउँदा मांग बमोजिम शटर निर्माण गर्ने अनुमति प्राप्त भएको छ । यद्यपि केन्द्रिय गुठीले भाडा निर्धारण बारे कैफियत जनाएको गुठी प्रमुख रेग्मीले जानकारी दिए ।

‘ महन्तजीले आफै शटर निर्माण गर्छु भन्नु भएको छ । अरु कसैले भवन निर्माण गर्दैछन भने छलफल गर्नु पर्दछ । ’ गुठी प्रमुख रेग्मी कान्तिपुरसंग भने ।

सडक विस्तारको क्रममा दशरथ मन्दिरको उत्तरी प्रखाल भत्काइएपछि भुमाफियाहरुको ध्यान मन्दिरको जग्गामाथि परेको थियो । सुरुमा उनिहरुले सडकतिरै शटर निर्माण गर्न खोजेका थिए तर जनकपुरधाम उपमहानगर पालिकाले सडकमुखमा शटर निर्माण गर्ने अनुमति दिएर । अनि महन्त दाससंगको मिलिमतोमा प्रखालभित्रै व्यावसायिक प्रयोजनको भवन निर्माण सुरु गरिएको थियो ।

मन्दिरको प्रखालसंग टाँसिएरै डा.जामुनप्रसाद सिंहको नर्सिंग होम निर्माण हुदैछ भन्ने मन्दिरको दक्षिणी प्रखालसंग टाँसिएर डा.रमण मिश्रको ।

तर महन्त जगन्नाथ दासभने भवन निर्माण नभई मन्दिरको प्रखाल मर्मत भई रहेको बताउँछन् । कान्तिपुरसंगको फोन सम्पर्कमा उनले भने – मन्दिरको प्रखाल मर्मत भई रहेको छ । भवन निर्माण होईन । ’

पिलरसहितको प्रखाल निर्माण गर्दै हुनुहुन्छ ? भन्ने कान्तिपुरको जिज्ञासामा उनले केही जवाफ नदिई मोवाइल काट्नु भयो ।

रमानन्द युवा क्लवको अध्यक्ष मनमोहन साह जग्गा भाडामा दिने नाममा मोटो रकम लिएर बिक्री गरेको आरोप लगाउँछन् –‘ मन्दिरले विजुली विल तिर्न नसक्दा भगवान अन्ध्यारोमा छन । अर्को तिर उनि मन्दिरको खर्चमा शटर निर्माण गर्छु भन्दै हुनु हुन्छ । यो कस्तो बिडम्बना हो ? ’

भवन निर्माण अविलम्ब रोकिएन भन्ने सामुहिक रुपमा प्रतिकार गर्ने चेतावनी पनि क्लवका अध्यक्ष साहले दिनु भएको छ –‘ सामाजिक बैठक बसेर अवैध निर्माण रोक्छौं । प्रहरी प्रशासन र गुठीलाई पनि ध्यानाकर्षण गराउँछौं । ’ साह कान्तिपुरसंग भने ।

मोही,लिज,भाडाआदिको नाममा जग्गा बिक्री गर्नु यहाँका महन्तहरुको चलन जस्तै बनेको छ । झन जगन्नाथ दासले त गुरुबाट प्राप्त जग्गालाई स्वआर्जन गरेको प्रमाणित गरी औपचारिक रुपमै जग्गा बिक्री गरेका छन् । प्राप्त अभिलेख अनुसार – महन्त दास २०२६ साल जेठ २७ गते मठका महन्त नियुक्त भएका थिए । उनि महन्त नियुक्त हुनु भन्दा अघि आफ्ना गुरुपिता कौशलकिशोर दाससंग बिगहौं जग्गा बक्स गरेको औपचारिक कागज बनाउन लगाएका थिए । ती जग्गाहरु स्वआर्जन भएको भन्दै बिक्री वितरणपनि गरेका थिए । तर पुनरावेदन अदालत जनकपुरका न्यायाधिश कोमलनाथ शर्मा र मिहिर कुमार ठाकुरको संयुक्त इजलासले २०६७ साल असार २२ गते जगन्नाथ दासले स्वआर्जन भनिएको जग्गा मठकै भएको फैसला सुनाएको थियो ।

फैसलामा मुलुकी ऐन , गुठीको महलको १० नम्बर बमोजिम आर्जन गर्ने महन्तका शेष पछि निजका कुनै उत्तराधिकारी महन्तलाई कुनै ब्योहोराले मठको जग्गा सुकि बिक्री राजीनामा आदि गर्ने अधिकार नभएको ’ उल्लेख गरिएको छ ।

यस अघि भैरहवास्थित लक्ष्मीनारायण मठको जग्गा बिक्री गरेको आरोपमा केन्द्रिय गुठी संस्थानले मानमहन्त जगन्नाथ दासलाई निलम्बन गरेको थियो । निलम्बन विरुद्ध निषेधाज्ञा मुद्दा हालेका महन्त दासलाई अदालतले ‘ कामकाज गर्न नरोक्नु ’ भनेको छ । मुद्दा भने अझै पनि अदालतमै छ । 


प्रतिक्रिया