महिला हत्या आरोपमा वडाध्यक्ष र वडाध्यक्ष उम्मेदवारसहित ३ जना पक्राउ

वैशाख २८, २०७९ | काठमाडौं

रुकुम पश्चिमको पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्वर–११ मा एक महिलाको हत्या गरेको आरोपमा वहालवाला वडाध्यक्ष र वडाध्यक्षका उम्मेदवारसहित ३ जना पक्राउ परेका छन् । 

स्थानीय ३९ वर्षीया दुथी भनिने जुनमाया बुढाको हत्या गरेको आरोपमा सोही गाउँपालिकाका वडाध्यक्ष जयकुमार बुढा, माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षका उम्मेदवार कुमार सिंह र अर्का एक कार्यकर्ता अर्जुन बुढालाई प्रहरीले पक्राउ गरेको हो । गत सोमबार पक्राउ गरिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हाम्रा सहकर्मीले जनाएका छन् ।

 उनीहरुमाथि रुकुमकोट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजकुमार पहाडीले जानकारी दिनुभयो । रोल्पाको थवाङ गाउँपालिका–१, घर भई हाल माइतीमा बस्दै आएकी जुनमाया गत १९ गते रातिदेखि हराएकी थिइन् । प्रहरीका अनुसार उनको शव वैशाख २६ गते विहान स्थानीय जंगलमा भेटिएको थियो । 


प्रतिक्रिया