मतदान गरेर फर्केका वृद्धको मृत्यु

वैशाख ३०, २०७९

दार्चुलाको महाकाली नगरपालिका–४ मा मतदान गरेर फर्किएका एक वृद्धको मृत्यु भएको छ ।

महेन्द्र नमुना मावि मतदान केन्द्रमा मतदान गरेर घर फर्किरहेका स्थानीय ७८ बर्षिय पदमसिह बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मतदान गरी फर्कने बेला एक्कासी बेहोस भएर उनको मृत्यु भएको आफन्तले बताएका छन् । 


प्रतिक्रिया