पाँचखाल–१३ मा पुन: मतदान हुने
वैशाख ३०, २०७९
काभ्रेको पाँचखाल–१३, कोशिदेखामा पुन: निर्वाचन हुने भएको छ । वैशाख ३० गते भएको निर्वाचनमा श्रीराम मतदान केन्द्रमा विवाद भएपछि स्थगित गर्ने निर्णय भएको निर्वाचन अधिकृत जीवनप्रसाद दुलालले जानकारी दिनुभयो । नयाँ मितिबारे निर्वाचन आयोगले निर्णय गर्ने उहाँले जानकारी दिनुभयो ।
छलफल पछि पनि पुन: सुचारु गर्ने स्थिती नबनेपछि स्थगित गरिएको दुलालले जानकारी दिनुभयो । २ वटा मतदान केन्द्र रहेको विद्यालयमा १७ सय ७८ मतदाता थिए ।
निर्वाचनमा खटिएका कर्मचारीले एमालेका एक स्थानीय नेतालाई एकैपटक १० वटा मतपत्र दिन लागेको भन्दै कांग्रेसका कार्यकर्ताले सो मतपत्र नियन्त्रणमा लिएपछि शुरु भएको विवाद झडपमा परिणत भएको थियो । मतदानको लागि प्रयोग भएका टेबल, कुर्सी तोडफोड भएको थियो । करिब ३ सय मत खसेपछि विवाद शुरु भएको थियो ।