मतगणना कक्षामा दलका प्रतिनिधिले ताला लगाए

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ४, २०७९

निर्वाचन अधिकृतको कार्यालयले परिणाम सार्वजनिक गर्दा त्रुटी देखीए पछि भएको विवादका कारण रौतहटको ईशनाथ नगरपालीकाको मतगणना रातीबाट रोकिएको छ । विवाद बढे पछि नेकपा (एकिकृत समाजबादी), नेकपा एमाले र नेपाली काग्रेसका प्रतिनिधिले मतगणनास्थलको कोठामा ताला लगाएका छन् । 

मतदान अधिकृतको कार्यालय इशनाथले हिजो राती ईशनाथ नगरपालीका ३ को मतगणना सकिए पछि मतपरिणाम सुनाउने क्रममा त्रुटी गरे पछि स्थानियले बिरोध गरेका हुन् । त्यसपछि मतगणना रोकिएको छ । सो वडामा लोसपाका वडाअध्यक्ष रामचन्द्र राउत सहितको प्यानलले जितेको दाबि गरिएको छ । वडाको दलित महिला सदस्यमा बिजयी भएको एउटा तर नाम अर्कोको सुनाइए पछि विवादले उग्र रुप लिएको हो । निर्वाचन अधिकृत कृष्णबहादुर उप्रेतीले मतपरिणाम सार्वजनिक गर्ने क्रममा दलित महिला सदस्यको हकमा प्राविधिक त्रुटी भएको स्विकार्नुभयो । 


प्रतिक्रिया