रौतहटको बृन्दावन नगरपालिकाको मेयर र उपमेयरमा एकीकृत समाजवादी विजय

जेष्ठ ९, २०७९

रौतहटको बृन्दावन नगरपालिकाको मेयर र उपमेयरमा एकीकृत समाजवादी विजय भएको छ । मेयरमा एकीकृत समाजवादीका राम बिनोद प्रसाद कुर्मी ६ हजार १ सय १२ मत ल्याई बिजयी हुनुभएको छ । 

निकटतम प्रतिद्धन्द्धी नेपाली कंग्रेसका रामस्नेही राय यादवले ४ हजार ६ सय ७८ मत प्राप्त गर्नुभएको छ । यस्तै, उपप्रमुखमा एकीकृत समाजवादीकी संगीता कुमारी राम ५ हजार ७ सय ७२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सैबुन खातुनले ४ हजार ६ सय ८८ मत प्राप्त गर्नुभएको छ । 


प्रतिक्रिया