तारा एयरको पोखरा–जोमसोम उडान स्थगित

जेष्ठ १९, २०७९
जोमसोम लागि संचालन तारा एयरको उडान बन्द हुने भएको छ । भोलिदेखि जेठ २७ गतेसम्मका लागि उडान बन्द गरिएको तारा एयरले जनाएको छ । सूचना जारी गर्दै तारा एयरले विशेष कारणबश सो रुटमा उडान बन्द गरिने जनाएको हो ।
तारा एयरका पोखरा प्रमुख राम लामिछाने उडान बन्द बारे आफूलाई जानकारी नभएको बताउनुभयो । गत आइतबार विहान ९ बजेट ५५ मिनेट जादाँ पोखराबाट जोमसोमको लागि छुटेको तारा एयरको विमान दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका थिए ।